२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रदेश–२ को नामकरण मतदान

प्रदेश २ : "तेस्रो प्रस्ताव 'मध्य मधेस प्रदेश' पनि अस्वीकृत"

'मध्य मधेस' पक्षमा ४२ मत, विपक्षमा ६५ मत

मंगलवार , चैत्र ४, २०७६

जनकपुर, चैत्र  । प्रदेश–२ को नामकरणका लागि मंगलबार तेस्रो प्रस्ताव मध्य मधेस प्रदेशको पक्षमा ४२ मत परेको छ । यो सँगै यो प्रस्ताव पनि अस्वीकृत भएको छ ।

मध्यप्रदेशको विपक्षमा ६५ मत खसेको छ । अब मधेस प्रदेशको प्रस्तावमा मतदान हुँदैछ ।

यसअघि मिथिला–भोजपुराको पक्षमा २८ मत खसेको थियो  भने विपक्षमा ७९ मत खसेको थियो । त्यस्तै नेकपाले गरेको जानकी प्रदेशको प्रस्ताव पनि अस्वीकृत भएको थियो ।

जानकी प्रदेशको पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार