२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रदेश २ : नामाकरणका लागि मतदान शुरू

मंगलवार , चैत्र ४, २०७६

जनकपुरधाम, चैत्त  । प्रदेश २ को नामाकरणको लागि प्रदेशसभामा मतदान सुरु भएको छ । पाँचवटा दलको प्रतिनिधित्व रहेको प्रदेश नं २ को प्रदेशसभामा नामाकरणका लागि चारवटा प्रस्ताव दत्र्ता गराइएको छ ।

अहिले नेकपाले राखेकाे जानकी प्रदेशका लागि मतदान शुरू भएकाे र याे प्रस्तवमा दुर्इ तिहाइ मत प्राप्त नभए दाेस्राे प्रस्तवका लागि पुन मतदान हुने छ । 
जनकपुरधामस्थित प्रदेश सभामा अपरान्ह २.०० बजेदेखि मतदान हुने प्रदेशसभा सचिबालयले जनाएको थियाे । सत्तापक्ष समाजवादी पार्टी, नेपाल र राजपा नेपालले प्रदेशको नाम ‘मधेश’ हुनुपर्ने प्रदेशसभामा प्रस्ताव दत्र्ता गराएको छ ।

प्रमुख प्रतिपक्षी नेकपाले प्रदेश २ को नाम ‘जानकी’ प्रदेश हुनुपर्ने प्रस्ताव गरेको छ । नेपाली काँग्रेसले ‘मिथिला भोजपुरा’ र सत्तापक्षकै केही प्रदेशसभा सदस्यले ‘मध्य मधेश’को प्रस्ताव दत्र्ता गराउनुभएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार