२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रदेश २ अधिवेशन

उपसभापति निधिले भने : " निर्वाचनपछि कांग्रेसको बहुमतको सरकार "

बिहिवार , मंसिर १६, २०७८

धनुषा, मङ्सिर  । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि प्रदेश र देशमा कांग्रेसको बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ ।

जनकपुरधाममा नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनलाई आज उपसभापति निधिले सारा देशले अहिले कांग्रेसको एकमना सरकार आउनुपर्ने आसमा बसेको बताउँदै प्रदेश २ को सबै जिल्लाको क्षेत्रबाट बहुमत सिट कांग्रेसले जित्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश २ मा कांग्रेसले सबै सिट नजिते कांग्रेसको बहुमतको सरकार बनाउन गाह्रो बताउनुभयो । उहाँले प्रदेश अधिवेशनमा भाग लिन आउनुभएका सबै जिल्ला र क्षेत्रका नेतालाई निर्देशन दिँदै भन्नुभयो, तपाईंहरु कांग्रेसको जिल्ला र क्षेत्रका नेता हुनुहुन्छ, अहिलेदेखि नै सबै स्थानीय तहको सबै वडादेखि प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेस कसरी जित्छ, त्यस्तो अभियानमा लाग्नुहोस् ।

अगामी निर्वाचनमा कांग्रेसको बुहमतको जित सुनिश्चित छ ।” उहाँले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, सङ्घीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कांग्रेसले मात्र बनाउन सक्ने भएको हुँदा कांग्रेसको बहुमतको सरकार जनताले चाहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार