२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रन्या चोलेन्द्र शम्शेर राणाको स्वास्थ्य अवस्था सुधार

बिहिवार , मंसिर १६, २०७८

काठमाडौं ,मंसिर ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँ यही मङ्सिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड १९ निमोनियाको उपचाररत हुनुहुन्छ ।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रन्या राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार