२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

वाग्मती प्रदेश : 'सभापतिमा पौडेल समूहबाट केसी बने उम्मेदवार'

बुधवार , मंसिर १५, २०७८

काठमाडौं, मंसिर । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वाग्मती प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसीलाई उम्मेदवार बनाउने भएको छ।

केसीको नाउमा नेताहरूबीच सहमति जुटेको एक नेताले जानकारी दिए। अब पौडेल समूहबाट केसी वाग्मती प्रदेशमा सभापतिको साझा उम्मेदवार बनेका छन् केसी नुवाकोटका निवर्तमान सभापति हुन् भने नेता अर्जुननरसिंह केसीका भाइ हुन्।

नेता प्रकाशमान सिंहले आफूनिकट राजुराज जोशीलाई सभापतिको उम्मेदवार बनाउन चाहेका थिए । तर, आकांक्षीहरूसहित बसेको बैठकले केसीलाई सभापतिको उम्मेदवार बनाउने गरी सहमति जुटाएको एक नेताले बताए उपसभापतिमा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत उम्मेदवार बन्ने भएका छन ।

त्यस्तै, महामन्त्रीमा कञ्चन वादे श्रेष्ठ र रामचन्द्र अर्याललाई उम्मेदवार बनाउने सहमति जुटेको छ वाग्मती प्रदेशमा सभापति शेरबहादुर देउवा पक्षबाट इन्द्र बानियाँले उम्मेदवारी दिने घोषणा गरेका छन् भने नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार