इलाम, मसिंर । नेपाली कांग्रेस इलामका नवनिर्वाचित सभापति डम्बर खड्काले पार्टी भवन बनाउन एक करोड रुपियाँ सहयोगको घोषणा गरेका छन ।
नवनिर्वाचित सभापति खड्काले शपथ ग्रहणपछि आफना स्वर्गीय बाबु धनबहादुर खड्का र आमा मनमायाको नाममा पार्टी कार्यालय बनाउन एककरोड दिने घोषणा गरेका छन । हाल नेपाली कांग्रेस इलामको पार्टी कार्यालय भाडामा बस्दै आएकोछ । सभापति खड्काले पार्टी कार्यालय निर्माणको काम तत्काल थालिने बताए ।
पार्टी कार्यालय निर्माणकै लागि सांसद एवं नेका केन्द्रीय सदस्य सुजाता परियारले पाँचलाख रुपियाँ दिने घोषणा गरेका छन । पार्टी कार्यालय निर्माणकै लागि तरुण दल इलामका सभापति नरेश श्रेष्ठले २ लाख रुपियाँ दिने घोषणा गरेका छन ।
पार्टी सभापतिको शपथ लिएकै दिन खड्काको पहलमा पार्टी कार्यालय भवन बनाउन सहयोग रकम संकलन हुन लागेको हो । सभापति खड्का इलाममा समाजसेवीका रुपमा चिनिन्छन । खड्का नेपाल बिद्यार्थी संघको पूर्व केन्द्रिय उपाध्यक्ष छन ।