सोलुखुम्बु, मङ्सिर । नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेलजाङ्बु शेर्पा निर्वाचित भएका छन । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा ८९७ मत खसेकोमा शेर्पाले १४२ मतान्तरले जीत हासिल गरेका छन ।
शेर्पाले कुल खसेको मतमा ५१३ मत प्राप्त गर्नुभएको छ भने अर्का सभापतिका उम्मेदवार विनोदकुमार बस्नेतले ३७१ मत प्राप्त गरेका छन । शेर्पा सोलुखुम्बुको एक मात्र नगरपालिकाको मेयर छन भने बस्नेत निवर्तमान सभापति हुनुहुन्छ ।
९२३ क्षेत्रीय प्रतिनिधि रहेको सोलुखुम्बुमा पहिलो चरणको निर्वाचनमा ८८२ मत खसेको थियो । सभापति मात्र चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा पहिलो चरणभन्दा १५ मत बढी खसेको थियो ।
पहिलो चरणमा पूर्व महाधिवेशन प्रतिनिधि रामबहादुर बस्नेतसहित तीनजनाको उम्मेदवारी परेपछि नेपाली कांग्रेसको विधान अनुसार ५० प्रतिशत मत कसैको नआएपछि पहिलो र दोस्रो मत ल्याउने बीचमा दोस्रो चरणको निर्वाचन भएको हो ।