काठमाडौ, मङ्सिर । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हालसम्मा ५३ जिल्लामा जिल्ला र १५५ संघीय निर्बाचन क्षेत्रमा क्षेत्रीय अबिधेशन सम्पन्न भएको छ ।
नेपाली कांग्रेस केन्द्रिय निर्बाचन समितिका अनुसार, अब २४ जिल्ला र १० संघीय निर्बाचन क्षेत्रमा क्षेत्रमा निर्बाचा हुने क्रममा रहेको छ ।
कांग्रेस केन्द्रिय निर्बाचन समितिका सदस्य एगराज पोखरेलले प्रदेश २ अन्तर्गत आठ जिल्ला र थितवन, मकवानपुर नवलपुर, सिन्धुपाल्चोक, र रसुवालगायतका जिल्लामा बाँकी रहेको जानकारी दिएका छन ।
अब महाधिबेशन आउन १० दिन बाँकी छ । उनका अनुसार, अधिकांश निर्बाचन क्षेत्रमा उत्साहपूर्ण रुपमा निर्बाचन सकिएको बताएका छन ।