२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमाले महाधिवेशन  

सहमतिको प्रयास असफल : "मतदान राति ११ बजेपछि सुरु हुने " 

सोमवार , मंसिर १३, २०७८

 

भरतपुर,  मङ्सिर ।  नेकपा (एमाले) को दशौँ महाधिवेशनको निर्वाचनका लागि मतदान आज राति ११ बजेपछि मात्रै सुरु हुनेभएको छ । यसअघि ९ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक भएको थियो । 
कार्यतालिका अनुसार दिउँसो ३ बजे नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो । अन्तिम नामावली तयार भएपछि विद्युतीय भोटिङ मेसिन (ईभीएम)को प्रणालीमा अपडेट गरिनेछ ।  उम्मेदवारको नामावली ईभीएममा प्रविष्ट गर्न कम्तीमा ३ देखि ४ घण्टा लाग्ने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । 
सहमतिका लागि उम्मेदवारी फिर्ता गराउन नेता जुटेका छन् । अध्यक्षमा केपी शर्मा ओली र डा भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिनुभएको छ । यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार