२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमालेको दशौं राष्ट्रिय महाधिवेशन

निर्विरोधको प्रयास : "नेता भन्छन : सहमतिको सम्भावना छैन "

सोमवार , मंसिर १३, २०७८

चितवन, मंसिर । सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अझैसम्म मतदान हुन सकेको छैन ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन् भने ६ उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध हुँदा ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ । नेताहरुका अनुसार पदाधिकारीमा सहमतिको सम्भावना छैन ।

केन्द्रीय सदस्यमा पनि केपी शर्मा ओलीले प्रस्ताव गरेभन्दा थप उम्मेदवारी गरेको छ । तर थुप्रै क्लस्टरमा निर्विरोध भएको छ भने बाँकीमा पनि निर्विरोध गर्ने प्रयास भइरहेको नेताहरु बताउँछन् ।

सहमतिको प्रयास चलिरहेकै कारण केन्द्रीय निर्वाचन आयोगले अझैसम्म उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित गरेको छैन । उम्मेदवारहरुको सूची प्रकाशित भएपछि विद्युतीय भोटिङ मेसिनमा नाम इन्ट्री गर्न केही घण्टा समय लाग्छ ।

त्यसपछि बल्ल मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार