२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

फेरियो निर्बाचन कार्यतालिका : " उद्घाटनपछि उम्मेद्वारी , २५ गते दर्ता , २७ गते मतदान "

सोमवार , मंसिर १३, २०७८

काठमाडौं, मंसीर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

शीर्ष नेतासँग भएको परामर्श अनुसार महाधिवेशन उद्घाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने योजना स्थगित गरिएको छ । कांग्रेस महाधिवेशन २४ मंसिरदेखि हुनेछ ।

नयाँ कार्यतालिका अनुसार अब २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारी दर्ता २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।

दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ भने २७ गते विहान ८ बजे मतदान हुनेछ ।

 

र्नुहोस् निर्वाचन कार्यतालिका

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार