२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बागमती प्रदेश: ‘काँग्रेस अधिवेशनले मन्त्रिमण्डल बिस्तारमा ढिलाइ’

सोमवार , मंसिर १३, २०७८

हेटौँडा, मङ्सिर । नेपाली काँग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत जारी विभिन्न तहको अधिवेशनका कारण बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मन्त्रिमण्डल विस्तार गर्दा कांग्रेसको जारी अधिवशेन प्रभावित हुनसक्ने भएपछि मन्त्रिमण्डल विस्तार पछाडि धकेलिएको हो । मुख्यमन्त्री राजेन्दप्रसाद पाण्डेले आफू नियुक्त भएपछि पहिलो चरणमा चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन । गत कात्तिक २५ गते मुख्यमन्त्री पाण्डेले मन्त्रिमण्डल विस्तार गर्दा कांग्रेसमा विवाद उत्पन्न भएको थियो ।कांग्रेसभित्रको आन्तरिक समस्याका कारण पद तथा गोपनियताको सपथग्रहण कार्यक्रम निर्धारित समयभन्दा एकघण्टा ढिलो गरी सुरुभएको थियो । पछिल्लो पटक मुख्यमन्त्री पाण्डेले शालिकराम जम्कट्टेल र निमा लामालाई मन्त्रीमा नियुक्त गरेका छन ।मुख्यमन्त्री पाण्डेले अर्को हप्ता मन्त्रिमण्डल विस्तार हुने जानकारी दिदै उनले भने, किस्ता किस्तामा मन्त्रिमण्डल विस्तार हुन्छ ।गठबन्धनको सरकारले भागबण्डाका लागि मन्त्रालयहरु फुटाएर मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । आठवटा मन्त्रालय रहेकोमा मन्त्रालय फुटाएर ११ देखि १३ वटा बनाउने तयारी गरिएको छ ।गठकबन्धनमा रहेका नेकपा( माओवाद केन्द्र) समाजवादी, नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) का दलहरुको भागबण्ड नमिल्दासमेत मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदै आएको छ । मुख्यमन्त्री पाण्डे ११ वटा मन्त्रालय बनाउने तयारीमा हुनुहुन्छ । गठबन्धनमा सहभागी अन्य दलहरु १३ मन्त्रालय बनाउने र चारजना राज्यमन्त्री बनाउनुपर्ने पक्षमा छन् ।भौतिक पूर्वाधार विकास, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर मन्त्रालय थप गर्ने तयारीमा गठबन्धनका दलहरु लागेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार