काठमाडौं, मंसीर । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।
अधिकारीले सभापति शेरबहादुर देउवा पक्षका नेता भीमप्रसाद ढुंगानालाई ३६ मतअन्तरले पराजित गरेका हुन् ।अधिकारीले एक हजार ८२ मत ल्याए भने ढुंगानाले एक हजार ४६ मत पाए ।पराजित ढुंगाना नीलकण्ठ नगरपालिकाका मेयरसमेत हुन् ।
उनलाई पूर्वकानूनमन्त्री दिलमान पाख्रिनको समर्थन थियो भने अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलाले साथ दिएका थिए ।
यस्तै उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधरकारी विजयी भएका छन् भने सचिवमा रामकृष्ण पाण्डे र विकास क्षेष्ठ विजयी भए ।
सहसचिवमा नवराज तिमिल्सिना विजयी भएका छन् भने क्रान्ति डल्लाकोटी र विजयकुमार तामाङको मत बराबर छ र उनीहरूले ९९५ मत ल्याएका छन् । अन्य पदाधिकारी र सदस्यमा विजयी हुनेहरू पनि अधिकांश रामनाथकै प्यानलकै उम्मेदवार हुन् ।