लहान, मङ्सिर । नेपाली काँग्रेस लहान नगर र प्रदेशसभा कमिटीका लागि भएको निर्वाचनमा क्रमश ः सन्तोष उपाध्याय र रासलाल रायको प्यानल निर्वाचित भएको छ । लहान नगर कमिटिको सभापतिमा रासलाल राय, सिरहा १ प्रदेशसभा (क) बाट सन्तोष उपाध्यायको प्यानल विजयी भएको छ ।यस्तै, सुखीपुर नगरपालिकामा मिथुन यादव र धनगढीमाइ नगरपालिकामा सरोज महतोको प्यानल निर्वाचित भएका छन् ।निर्वाचन क्षेत्र १ (ख) प्रदेश सभाबाट धर्मदेव यादव सर्वसम्मति सभापतिमा चुनिनु भएको छ । अब जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा चुनावबाटै कमिटी चयन हुने युवा नेता प्रमेश्वर साहले बताउनुभयो ।