जनकपुरधाम, मंसिर। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि धनुषाको चारवटै संघीय निर्वाचन क्षेत्रमा आइतबार क्षेत्रीय अधिवेशनको औपचारिक उद्घाटन शत्रको कार्यक्रम सम्पन्न भएको छ ।धनुषा निर्वाचन क्षेत्र नंं १ को धनुषाधाममा भएको अधिबेशनलाई काँग्रेस नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुङ्गाना, क्षेत्र नं.२ को तीनकौरिया चौकमा भएको क्षेत्रीय अधिबेशनलाई नेपाली काँग्रेसका नेता एवम पूर्वमन्त्री रामकृष्ण यादव, क्षेत्र नं. ३ को नगराइनमा भएको क्षेत्रीय अधिबेशनलाई नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधि र क्षेत्र नं.४ को सखुवा महेन्द्रनगरमा भएको क्षेत्रीय अधिबेशनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री महेन्द्र यादवले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेताले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएपनि यस पटक सहमतिमै नेतृत्व चायन गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।नेताले विगतमा भएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली काँग्रेसलाई एक ढिक्का पार्नमा सबैको भूमिका महत्वूुर्ण हुने बताएका थिए ।धनुषा निर्वाचन क्षेत्र नं.३ मा भएको अधिबेशनको उद्घाटन शत्रमा बोल्दै नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले कांग्रेस नेपाली जनताको आशा र भरोसाको पार्टी भएको भन्दै नेता कार्यकर्ताले जनताको मन जित्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले देशमा २०७२ को संविधानले परिकल्पना गरेको लोकतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता जस्ता उपलब्धि काँग्रेसकै कारण आएको भन्ने गाँउ गाँउ र टोल टोलमा गएर जनतालाई बुझाउन लाग्नुपर्ने धारणा राख्नुभयो ।उहाँले १४ औं अधिबेशनका कारण काँग्रेसका नेता तथा कार्यकर्तामा उत्साह थपिएको र यसलाई कायम राखी आगामी निर्वाचनमा बहुमत ल्याउने किसिमले काम गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।धनुषाको चारवटै संघीय निर्वाचन क्षेत्रमा उद्घाटन शत्र सकिएपछि बन्द शत्र शुरुभएको छ । बन्दशत्रमा सांगठनिक प्रतिवेदनमाथि छलफल हुनुको साथै सहमतिमै नेतृत्व चयनका लागि छलफल भइरहेको जनाइएको छ ।सहमति भएमा आजै राती तथा केही कारण हुन नसकेमा सोमबार मतदान प्रक्रियावाट नेतृत्व चयन हुने काँग्रेस धनुषाका सचिव विशेश्वर यादवले जानकारी दिनुभयो ।
धनुषाको चारवटै क्षेत्रमा सर्वसम्मतिबाटै महाअधिवेशन प्रतिनिधि र नेतृत्व चयनका लागि नेता छलफलमा जुटेको उहाँले बताउनुभयो ।धनुषाको चारवटै निर्वाचन क्षेत्रबाट २५ जनाको दरले एक सयजना महाधिवेशन प्रतिनिधि चयन हुने नेपाली कांग्रेस धनुषाले जनाएको छ । महाधिवेशन प्रतिनिधिले नै केन्द्रीय निर्वाचनमा मतदान गर्ने भएकाले महाधिवेशन प्रतिनिधि बन्न काँग्रेसका युवा पुस्तादेखि बुढापाकासम्मका दौडधुप शुरु गरेका छन ।