चितवन, मंसिर । आज, शुक्रबार, देखि चितवनमा सुरु भएको नेकपा एमालेको अधिबेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं राष्ट्रिय महाधिबेशनमा ब्यवहार प्रस्तुत गर्दै उनले प्रधानमन्त्रीलाई अतिथि बनाएर राखेर सरकारको टिप्पणी गर्नु राम्रो हुदैन ।
एमालेले उद्घाटन समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोलाएको थियो । देउवा कार्यक्रममा सहभागी मात्र भएनन्, एमाले अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा पनि कार्यक्रमस्थलमा बसेर प्रधानमन्त्री देउवाले पनि सौहाद्रता देखाए ।
एमाले अध्यक्ष ओलीले कार्यक्रममा भने, प्रधानमन्त्रीलाई अतिथि बनाएका छौ, सरकारको टिप्पणी गर्नु राम्रो हुदैन ।
‘अहिलेको सरकारको सम्बन्धमा म केही भन्न चाहन्न,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीलाई हामीले आमन्त्रण गरेका छौं । प्रधानमन्त्रीजीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु बान्छनीय हुँदैन ।’
यसअघि उनले थपे, ‘प्रधानमन्त्रीजी शायद काम गर्न चाहनुहुन्थ्यो कि ? प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि ? मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज उहाँको खुट्टा समातिरहेका छन् । त्यसरकाण उहाँलाई पनि अप्ठ्यारा छन् कि ?’