२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एमाले महाधिबेशन 

प्रधानमन्त्री देउवाले भने : 'देश र जनतासँग जोडिएका मुद्दामा  दलबीच  सहकार्य  हुनुपर्दछ'

शुक्रवार , मंसिर १०, २०७८

 

चितवन, मंसिर  । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्न चितवन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै  राजनीतिक दलबीच संवाद र सहकार्य आवश्यक पर्ने बताएका छन् ।

शुक्रबार नेकपा एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले भने, दलबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताए ।

प्रधानमन्त्री देउवाले थपे, ‘देश र जनतासँग जोडिएका मूल मुद्दामा दलबीच संवाद र सहकार्य आवश्यक छ’ उनले भने, ‘हामीबीच रहेका नीतिगत विमतिलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगोa लगाउने र त्यसलाई सबैले स्वीकार गर्नुपर्दछ ।’

प्रधानमन्त्री देउवाले  भने, मुलुकमा देखिएका सबै समस्याको संवाद, छलफल र संविधानमार्फत समाधान निकाल्ने आफ्नो चाहना  छ । 

नयाँ संविधान  सबै दल मिलेर ल्याएको भन्दै प्रधानमन्त्री देउवाले यसलाई बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको भएको बताए । संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले जिम्मेदार भएर भूमिका खेल्नुपर्ने पनि उनले बताए ।

प्रधानमन्त्री देउवाको भनाई छ,  कानुनी शासन र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउने सबै दलको लक्ष्य  हुनुपर्छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार