जुम्ला, मङ्सिर । नेपाली काँग्रेस जुम्लाको सभापतिमा संस्थापन पक्षका कर्णबहादुर शाही विजयी भएका छन ।सभापति शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत ल्याएर विजयी भएका हन ।
पाँच मतको अन्तरले दीपबहादुर शाहीलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिए । उपाध्यक्षमा दीपक शाही र कार्मा बुढा विजयी भए । अर्जुनसिंह कठायत र लक्ष्मण शाही सचिव पदमा तथा नन्दप्रसाद चौलागार्इं र धनेन्द्र बोहोरा सहसचिवमा निर्वाचित भएका छन ।
रामचन्द्र पौडेल पक्षले कार्यसमितिमा प्रायः सबै पदमा विजय प्राप्त गर्दा सभापतिका उम्मेदवार दीपबहादुर शाही भने पराजित हुनुभएको छ । खसेका ९८१ मतमध्ये पाँच मत बदर भएका छन् ।