गाईघाट, मङ्सिर । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत उदयपुरमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा नेतृत्व चयनका लागि सहमतको प्रयास असफल भएपछि गरिएको निर्वाचनमा दुईवटै क्षेत्रको सभापतिमा संस्थापन पक्षका उम्मेदवार बिजयी हुनुभएको छ ।निर्वाचन क्षेत्र नं १ मा खगेन्द्र राई र क्षेत्र नं २ मा रामकुमार राई आआप्mनो क्षेत्रीय समितिको कार्य समितिमा सिङ्गो प्यानलसहित नै क्षेत्रीय सभापतिमा बिजयी हुनु भएको हो ।
उहाँहरु दुवै केदीय सभापति शेरबहादुर देउवा पक्षका हुनुहुन्छ ।दुईवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ५० वटा केद्रीय महाधिवेशन प्रतिनिधिमध्य ३६ जना संस्थापन पक्षबाट तथा १४ जना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट निर्वाचित हुनुभएको प्रबक्ता मदनराज कटवालले बताउनुभयो ।जसमा संस्थापन पक्षबाट क्षेत्र नं १ मा हिमाल कार्की, अकुर खड्का, तिलकवहादुर कटवाल, चरणकुमार राई, दिनेश्वर चौधरी, विनोदकुमार वस्नेत, बोधराज दाहाल, राजकुमार राउत, सुमन्त कोईराला, गिता फुयाल, भिमवहादुर पुलामी, ज्ञानेन्द्र प्रधान, तस्विरा तामाङ्, सरिता राई, सत्यनारायण चौधरी, देवेन्द्र झा, अमृता धमला, ताराकुमारी राई, मिना खड्का र रिता चौधरी हुनुहुन्छ ।
त्यसैगरी, क्षेत्र नं २ मा क्रमश अनिल कार्की, नारायणवहादुर कार्की, प्रेमवहादुर थापा क्षेत्री, राजेशचन्द्र श्रेष्ठ, ज्ञानेन्द्र खड्का, निमैला कार्की, मिरम कटुवाल, दिनेशवहादुर कटुवाल, सरस्वती ढुङ्गाना, गोविन्द चाम्लिङ, घनश्याम तामाङ, जन्मजय राई, पार्वती राई, सिताकुमारी मगर, केदारमान रोक्का र पुष्पलाल राई हुनुहुन्छ ।त्यसैगरी वरिष्ठ नेता पौडेल पक्षबाट क्षेत्र नं १ मा प्रमिला राई, विदुर वस्नेत, भोजराज खतिवडा ,सुमन परियार र शान्तिदेवी चौधरी तथा क्षेत्र न. २ बाट चेतवहादुर मगर, जीतवहादुर खड्का, साङ्दोर्जे तामाङ, संजीव थापा, धनम मगर, रमिला राई , पुस्कर खड्का धनकुमारी थापामगर र मनकुमारी भुजेल केद्रीय महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको हो ।