२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रदेशको नामाकरण पहिचानका आधारमा

बिहिवार , मंसिर ९, २०७८

उर्लाबारी, मङ्सिर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण पहिचानका आधारमा राखिने बताउनुभएको छ । बिहीबार मोरङको पथरीशनिश्चरेमा तिलक राई स्मृति ग्रन्थको लोकापर्ण समारोहपछि पत्रकारसँग बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।आफू र आफ्नो दल समाबेसी र पहिचानको पक्षमा रहेकाले प्रदेशको नाम पहिचानका आधारमा राखिने उहाँको भनाई थियो । राईले प्रदेशको नामाकरण गर्ने काम प्राविधिक र राजनीतिक रुपमा कठिन भए पनि यही सरकारले आगामी हिउँदे अधिवेशनमा टुङ्ग्याउने बताउनुभयो ।

मुख्यमन्त्री राईले यसअघि साविक पथरी गाविसका अध्यक्ष तिलक राईको स्मृतिमा प्रकाशित तिलक राई स्मृति ग्रन्थको लोकार्पण गर्नुभयो । लोकापर्ण समारोहमा बोल्दै राईले कम्युनिष्ट आन्दोलनका अगुवा राईको मृत्यु पहाडभन्दा गह्रौं भएके बताउनु भयो ।राई समाजले र राष्ट्र शोक मनाउने ब्यक्ति भएको चर्चा गर्दै उहाँले सत्कर्म गर्ने र दुष्कर्म गर्नेलाई समाजले सधैं सम्झन्छ, राई सत्कर्मका कारण सबैको सस्मरणमा रही रहनु भएको छ, भन्नुभयो ।

समाजमा असल मानिसको खडेरी परिरहेको बताउँदै उहाँले राजनीतिलाई समाजसेवाका रुपमा प्रयोग गर्ने ब्यक्ति तिलक राई भएको चर्चा गर्नुभयो ।तिलक राई स्मृति प्रतिष्ठानका अध्यक्ष भक्तबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं. १ का सांसद सुयर्माराज राई, नेकपा समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी, एमाले नेता ममोहन तुम्बापोलगायतले स्वर्गीय राईको बारेमा बोल्नु भएको थियो । राईको गत वर्षको मङ्सिर ७ गते कोरोनाका कारण निधन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार