२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काँग्रेस १४ औ महाधिवेशन :  ‘१० नगरमा सर्वसम्मत, पाँच अनिश्चित’

बुधवार , मंसिर ८, २०७८


सप्तरी, मङ्सिर । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तगर्त ३ गते शुक्रबारदेखि शुरु  नगर अधिवेशनमा सप्तरीको १०  स्थानीय तहमा सर्वसम्मत  नगर कमिटी चयन गरिएको छ ।  पाँच स्थानीय तहमा निर्वाचनबाट कमिटी चयन भएको र बाँकी तीनमा भने अनिश्चित रहेको  मुख्य निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी गराएका छन । 
जिल्लाको रुपनी, विष्णुपुर, महदेवा, तिरहुत, अग्निसाईर कृष्णसवरण, राजगढ, तिलाठी कोईलाडी गाउपालिका हनुमाननगर, कंचनरुप, डाक्नेश्वरी नगरपालिकाको नगर अधिवेशनबाट सर्वसम्मत रुपमा गाउँ  कमिटी ३० सदस्यीय  र ६० सदस्यीय नगरपालिका  कमिटी गठन भएका छन ।
यता बलान विहुल, छिन्नमस्ता गाउँपालिका, सप्तकोशी, शम्भुनाथ, राजविराज, नगरपालिकामा निर्वाचनद्वारा नगर कमिटी चयन भएको हो।
यसैबीच, सप्तरीको खडक, बोदेबर्साईन र सुरुङगा नगरपालिकामा अधिबेशन स्थगित भएको र सो अधिवेशनबारे भोली र पर्सीको क्षेत्रीय अधिवेशन नसकेसम्म समय नतोक्ने सभापति दिनेशकुमार यादवले जनाएका छन । 
राजविराजको आन्नद झा, रुपनीको सभापतिमा  सुगम्वर यादव, तिलाठी कोईलाडी गाउपालिकाको  सभापतिमा अमिर झा, राजगढको दिपेन्द्रकुमार यादव, तिरहुतको सभापतिमा ज्ञानेन्द्रकुमार लगरबार, विष्णुपुरको मौजेलाल यादव, छिन्नमस्ताको कुलान्नद यादव, हनुमान नगरको अबधेश्वर मेहता, सप्तकोशीको युवराज खनाल, बलान विहुलक राजकुमार साह, कंचनरुपको कैलासप्रसाद साह, महदवा लोकेन्द्र नायक, शम्भुनाथ नगर सुरेन्द्र भगत, अग्निसाईरमा रोशनकुमार मण्डर थारु डाक्नेश्वरीमा नारायण यादवको नेतृत्वमा नगर कमिटी गठन भएको नेपाली काँग्रेसको जिल्ला सभापति दिनेशकुमार यादवले बताएका छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार