२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

‘सूर्यमा ग्रहण लाग्यो, चुनावपछि एमालेको अवस्था वेहाल’ : अध्यक्ष नेपाल 

बुधवार , मंसिर ८, २०७८


जनकपुरधाम, मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादका लागि आवश्यक सामानता, न्याय, विकास र समृद्धिलाई केन्द्र बिन्दु बनाएर पार्टी अगाडि बढिरहेको बताएका छन ।  
जनकपुरधाममा बुधबार सो पार्टीको प्रदेश तथा जिल्ला कार्यालयको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका छन  । उनले एस पार्टी देशमा एउटा नयाँ शक्तिको रुपमा उपस्थित भएको, आम नेपाली जनताको समर्थन बढ्दै गएको र सम्बन्ध बिस्तार भइरहेको बताए ।  
उनले एमाले अध्यक्ष केपी ओलीमाथि संकेत गर्दै कसैले भन्दैमा आफनो पार्टी कमजोर नभएको दावी गर्दै सुदुरपश्चिम प्रदेश र प्रदेश २ मा एमालेभन्दा ठूलो पार्टी नेकपा (एस) रहेको बताए ।  उनले नेकपा(एस)ले बागमती र प्रदेश १ मा सरकारको नेतृत्व गरिरहेको र दुईवटा प्रदेशमा हाम्रो पार्टींको प्रदेश प्रमुख रहेको भन्दै सानो पार्टी भएको भए यस्तो अवस्था हुँदैन थियो होला भनेर सानो पार्टी भन्नेवालालाई प्रश्न गरे ।  
उनले भने, हाम्रो पार्टी दक्षिणपन्थी भाषामा भाषिएको छ, क्रान्तिकारी सोचका साथ अगाडि बढेको छ, राष्ट्रियता, देशभक्ति र अधिनायकवाद विरुद्धमा लोकतन्त्रको झण्डालाई बुलन्द गर्न अघि बढेको छ । उहाँले नेकपा (एस) बैचारिक र सैद्धान्तिक जगमा आधारित पार्टी रहेकाले यस पार्टीकै भविष्य रहेको बताए ।  
उनले सूर्यमा ग्रहण लागि सकेकोले चुनावपछि एमालेको अवस्था वेहाल हुने र नेकपा(एस)को कलम सदैव चम्की रहने बताए । उनले चुनावसम्म कुनै पार्टीसँग एकता नहुने र नेकपा(एस) आफनै बलमा चुनाव लडने बरु अन्य दलसँग सहकार्य भन्ने हुनसक्ने बताए ।  
उनले प्रदेश २ को राजधानी जनकपुरधामलाई नै राख्दा उपयुक्त हुने भन्दै जनकनन्दनी सीताको भूमि रहेको यो प्रदेशको नाम राख्दा सबैको सम्मान हुने किसिमले राख्नुपर्ने बताए ।  
उनले विगतमा रेल सञ्चालनका लागि कुनै तयारी नभएका कारण रेल खरिद भएर पनि सञ्चालन हुन नसकेको भन्दै नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे यथाशिघ्र सञ्चालनका लागि आफुले पहल गर्ने उल्लेख गरे ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार