२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

उपसभापति निधिले  भने :  “लोकतन्त्र बलियो बनाउन अगामी चुनावमा काँग्रेसलाई मत”

बुधवार , मंसिर ८, २०७८


जनकपुरधाम, मङसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताएका छन  । 
नेपाली काँग्रेस धनुषा क्षेत्र नं ३ ख को पहिलो क्षेत्रीय अधिवेशनलाई बुधबार जनकपुरधाममा उद्घाटन गर्दै उनले यस्तो बताएका छन ।  उनले नेपाली काँग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भन्दै काँग्रेस पार्टीमा आवद्ध हुन सबैमा आह्वान गरे ।  
उपसभापति निधिले काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनको सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा आफनो कामकाज अघि बढाएको बताए ।  उनले कम्युनिष्ट संघीयता नचाहेको भन्दै काँग्रेसले मात्रै संघीयतालाई जोगाइ राख्ने बताए ।  
नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता राखेको वर्तमान सरकारले सही दिशामा अगाडि बढी रहेको भन्दै देशमा पुनः एक पटक काँग्रेसलाई बहुमत दिनुपर्नेमा जोड दिए ।  उनले जनकपुरधामको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण मानिएको नेपाल रेल्वे यथशीघ्र सञ्चालन गर्न वर्तमान सरकारलाई आग्रह गरे ।  
कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री एवम नेपाली काँग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले विभिन्न तहमा भइरहेको काँग्रेसको १४ औं अधिवेशनले कार्यकर्तामा उत्साह थपिएको भन्दै यस उत्साहलाई कायम राखेर अगामी चुनावमा प्रदेश २ लाई काँग्रेसमय बनाउन आफुले प्रदेश २  सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए ।  
नेपाली काँग्रेस धनुषा क्षेत्र नं.३ का सभापति शिवजी रायको अध्यक्षतामा भएको उद्घाटनमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीसहितका वक्ताले अधिवेशन सफलताको शुभकामना दिएका छन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार