२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

लोकतन्त्र मजबुत बनाउन काँग्रेसलाई मत

बुधवार , मंसिर ८, २०७८

जनकपुरधाम, मङसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताउनुभएको छ ।नेपाली काँग्रेस धनुषा क्षेत्र नं ३ ख को पहिलो क्षेत्रीय अधिवेशनलाई बुधबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भन्दै काँग्रेस पार्टीमा आवद्ध हुन सबैमा आह्वान गर्नुभयो ।

उपसभापति निधिले काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनको सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा आफनो कामकाज अघि बढाएको बताउनुभयो । उहाँले कम्युनिष्ट संघीयता नचाहेको भन्दै काँग्रेसले मात्रै संघीयतालाई जोगाइ राख्ने बताउनुभयो ।नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता राखेको वर्तमान सरकारले सही दिशामा अगाडि बढी रहेको भन्दै देशमा पुनः एक पटक काँग्रेसलाई बहुमत दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जनकपुरधामको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण मानिएको नेपाल रेल्वे यथशीघ्र सञ्चालन गर्न वर्तमान सरकारलाई आग्रह गर्नुभयो ।कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री एवम नेपाली काँग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले विभिन्न तहमा भइरहेको काँग्रेसको १४ औं अधिवेशनले कार्यकर्तामा उत्साह थपिएको भन्दै यस उत्साहलाई कायम राखेर अगामी चुनावमा प्रदेश २ लाई काँग्रेसमय बनाउन आफुले प्रदेश २  सभापतिमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो नेपाली काँग्रेस धनुषा क्षेत्र नं.३ का सभापति शिवजी रायको अध्यक्षतामा भएको उद्घाटनमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीसहितका वक्ताहरुले अधिवेशन सफलताको शुभकामना दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार