काठमाडौ, मङ्सिर । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा निर्बाचन क्षेत्रको परिणाम आज साँझसम्म आइपुग्ने भएको छ । सोमबार र मंगलबार सम्पन्न गरी देशभरका ६० जिल्लाका १४८ क्षेत्रमा भएको थियो ।
नेपाली कांग्रेस केन्द्रिय निर्बाचन समितिले निर्बाचन परिणाम आज साँझसम्म आइसक्ने जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रिय निर्बाचन समिति सदस्य एकराज पोखरेलले ४० जिल्लाको नतिजा प्रकाशित भइसकेको जनाएका छन । समिति सदस्य पोखरेलले यसअघि १६ निर्बाचन क्षेत्रको परिणाम आइसकेको छ ।
काठमाडौका १० क्षेत्रको नै निर्बाचन परिणाम आइसकेको पनि जानकारी दिएका छन । उहाँका अनुसार, ६० जिल्लाका १४८ अधिकांश निर्बाचन क्षेत्रमा उत्साहपूर्ण रुपमा सम्पन्न भएको पनि बताएका छन । वडा अबिधेशनबाट निर्बाचित क्षेत्रीय प्रतिनिधिले निर्बाचन क्षेत्रको नेतृत्व चयन गर्नेछन ।