२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस महाधिवेशन : 'भोजपुरको सभापतिमा बान्तवा '

मंगलवार , मंसिर ७, २०७८

भोजपुर, मङसिर । नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित हुनुभएको छ । पार्टीको चौधौँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा उहाँले ४१५ मत ल्याउनुभएको थियो ।

वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याउनुभएको थियो ।

तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले बताउनुभयो ।

जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको र ६० मत बदर भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार