काठमाडौँ, मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन नजिकिदैछ । महाधिवेशनमा पार्टी अध्यक्षमा ओलीले आफैलाई चाहिँ पक्का गरे । तर पदाधिकारीमा को उठ्दैछ र कसलाई बनाउने भन्ने न उठ्नेले ईच्छा सार्बजनिक गरे, न यसलाई बनाउने भन्ने निर्णय नै र आश्वासन नै कैिलाई छ। इसको कारण हो – अध्यक्ष ओलीसँग डराउने ।
महाधिवेशन नजिकै गर्दा कसले नेतृत्व सम्हाल्छ र पदाधिकारीमा को को जाँदैछ भन्ने चासो पार्टीभित्र र बाहिर व्यक्त भएको छ । नेतृत्वमा जाने तयारीमा रहेका नेता सार्वजनिक रुपमा बोल्न सकिरहेका छैनन् ।
संसद विघटनको विषयलाई लिएर नेकपा एमालेमा फुटको असर परेपछि नेतृत्वमा को जाने भन्ने विषयमा विशेष चासो रहेको हो । माधव नेपालले एमाले छाडेर नेकपा समाजवादी पार्टी निर्माण गरेपछि अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णय नै पार्टीमा लागू हुने देखिएको छ, बोल्ने कोही छैनन् ।
पार्टी अध्यक्षले सार्वजनिक रुपमा पदाधिकारीमा को को जाने भन्ने जानकारी नगराएपछि नेतृत्व लिने अल्मलिएका छन् । पार्टी अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिने केही नेताले सार्वजनिक गरेका छन् । दशौँ राष्ट्रिय महाधिवेशनका सह संयोजक सुरेन्द्र पाण्डेले अध्यक्षमा ओलीको विकल्प अहिले नदेखेको सञ्चारकर्मीलाई बताएका छन ।
उनले भनेका छन, अन्य पदाधिकारीका विषयमा अहिले सार्वजनिक रुपमा अगाडि कसैले भनेको छैन । नेता भीम रावलले भने अध्यक्षमा उम्मेद्वार बन्ने घोषणा गरिसकेका छन । उनले भने ओलीका अगाडि झुकेनन्, दलको सशक्त नेताका रुपमा आफुलाई प्रस्तुत गरे । उनले अबको दनलको बलियमो नेता आफु भएको पनि प्रस्तुत गरेका छन ।
आन्तरिक रुपमा देखिएको तयारी भने वरिष्ठ नेतामा ईश्वर पोखरेल, उपाध्यक्षमा रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्यलगायतले ईच्छा राखेको तर भन्न भने नसकेको अवस्था छ ।
अध्यक्षपछि कार्यकारी अधिकार भएको महासचिव पदमा नवौँ महाधिवेशनमा थोरै मतले पराजित हुनु भएका सुरेन्द्र पाण्डे, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल छन । ती पनि क्षमताभन्दा ओलीले कसलाई के भन्छन त्यही अन्तिम हो कि जस्तो बनेको छ ।
पार्टी फुटको असर नदेखाउन र सबैलाई मिलाएर लैजान पाण्डेलाई नै महासचिव दिने पार्टीभित्र चर्चा पनि नभएको होईन । पदाधिकारीमा खुलेर प्रचार गर्दा अध्यक्ष रिसाउने डरले कुनै नेताले मुख खोलेर भन्नसकेका छैनन् । क्षमता, शक्ति र कार्यकर्ताको प्रियलाई पाखम लगाएर आपूm शक्तिशाली भएको देखाउने ओलीको ‘ख्वाब’ प्रदर्शन महाधिबेशनले देखाउँदैछ ।
अध्यक्षसहित पदाधिकारी सर्वसम्मत हुने र केन्द्रीय सदस्यमा भने निर्वाचन हुनसक्ने सचिव योगेश भट्टराइले सञ्चारकर्मीलाई बताएका छन । भट्टराईका अनुसार सहमतिको प्रयास रहन्छ तर भएन भने केन्द्रीय सदस्यको हकमा निर्वाचन हुन सक्छ ।
यही मङ्सिर १०, ११ र १२ गते महाधिवेशन चितवनमा सम्पन्न हुँदैछ । उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा हुँदैछ ।