बुटवल, मङ्सिर । नेपाली काँग्रेस रुपन्देहीको शुक्रवार सम्पन्न १० प्रदेश सभा क्षेत्रीय समितिमध्ये १० वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक भएको छ । निर्वाचन परिणाम अनुसार रुपन्देहीको क्षेत्र नं. १ अन्तर्गत प्रदेश (क) र (ख) मा क्रमशः नविन आचार्य र मदनप्रसाद पोखरेलको प्यानल विजय भएको छ ।
क्षेत्र नं. २ अन्तर्गत प्रदेश (क) र (ख) मा क्रमशः खड्गबहादुर महत र पर्शुराम ढकालको प्यानल विजयी भएको छ । प्रदेश प्रतिनिधिमा भने दुवै क्षेत्रमा २÷३ जना अर्को प्यानलका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं. २ मा भने संस्थापन ईतर समूहका उम्मेदवार बिजयी भएका छन् ।
रुपन्देही क्षेत्र नं. ३ क मा सुरेन्द्र थापा विजयी हुनु भएको छ । उनी सभापति शेरवहादुर देउवा समूह नजिक छन । क्षेत्र नं. ३ को प्रदेश (ख) मा घनश्याम चालिसेको प्यानल विजयी भएको छ । क्षेत्र नं. ३ को ख मा पनि संस्थापन समूहको प्यानल विजयी भएको छ ।
रुपन्देहीको क्षेत्र नं. ४ को (क) र (ख) मा क्रमशः शिवकुमार यादव र श्रीराम यादवको प्यानल विजयी भएको छ । क्षेत्र नं. ४ को दुबै प्रदेशमा संस्थापन ईतर समूहको प्यानल विजयी भएको हो ।
त्यस्तै क्षेत्र नं. ५ को (क) मा रामबहादुर थापाको प्यानल निर्वाचित भएको छ भने (ख) को सभापतिमा विन्दराम यादव सहित सबै पदाधिकारी तथा प्रदेश प्रतिनीधि निर्विरोध भएको छ ।