कालीकोट, मङ्सिर । नेकपा (माओवादी केन्द्र) कालीकोटका ७२ वटा वडामा वडा सम्मेलनमार्फत सर्वसम्मत नेतृत्व चयन भएका छन् । शनिबार जिल्लाका ८२ वटा वडामध्ये ७२ वटामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।
केन्द्रका कालीकोट अध्यक्ष धनजीत शाहीले दाबी विरोध रहे पनि अन्त्यमा आएर ७२ वटै वडाका सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन भएको जानकारी गराएका छन ।
बाँकी १० वटा वडामा पनि ढिलोमा सोमबार बिहानसम्म नतिजा आइसक्ने बताए । उनका अनुसार ७२ वडामा दुईहजार ८८ जना सदस्य सर्वसम्मत चयन गरिएका छन् । रास्कोटका नौवटा वडामध्ये वडा नं. १ मा भने नेताहरूको हस्तक्षेपबाट वडा कमिटीको गठन गरिएको बताइएको छ ।
वडा अध्यक्षका आकांक्षी चरित्र न्यौपानेले दुई जना सल्लाहकारका लागि बाहिर आएका बेला तेस्रो व्यक्तिलाई अध्यक्ष घोषणा गरेर नेताले हस्तक्षेप गरेको आरोप लगाए ।