२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

दैलेख  :'प्रदेश सभामा काँग्रेसको नयाँ नेतृत्व '

आइतवार , मंसिर ५, २०७८

दैलेख, मङसिर । दैलेखका चार प्रदेशसभा निर्वाचन क्षेत्रमा काँग्रेसले महाधिबेशन सम्पन्न गरेको छ ।  काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत चारवटै प्रदेशसभा निर्वाचनको मतपरिणाम शनिबार साँझ घोषणा गरेसंँगै नयाँ नेतृत्व चयन भएको हो । 
दैलेख निर्वाचन क्षेत्र नम्बर एकको  (क) मा बखतबहादुर सापकोटाको प्यानल विजयी बनेको छ । १ (ख) मा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरको प्यानल निर्वाचित भएको छ । 
यस्तै निर्वाचन क्षेत्र नं २ (क) मा प्रदेश सभापतिमा टङ्क रिमाल निर्वाचित हुुनभएको छ । निर्वाचन क्षेत्र नं. २ (ख) मा खगेन्द्र शाही ‘राउटे’ विजयी भएका छन  । 
दैलेख निर्वाचन क्षेत्र नं १ प्रदेश (ख)मा निर्वाचित प्रदेश सभा सभापति भदे बुढा मगरले निर्वाचनमा दुई समूह बनाएर निर्वाचनमा गए पनि पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताए । 
उहाँले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको हुँदा निर्वाचनमा दुई समूहमा गए पनि अब पार्टीलाई चलायमान र गतिशील बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।  काँग्रेसको क्षेत्रीय अधिवेशन  र केन्द्रीय महाधिवेशन सोमबार हुनेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार