जनकपुरधाम, मङ्सिर । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीे शत्रुधन महतोले देश र मधेशको लाइफ लाइन चुरेक्षेत्र व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मधेश भवनमा आइतबार मन्त्री पदको शपथ ग्रहण पश्चात पत्रकारहरुसँग कुरा गर्दै नव नियुक्त मन्त्री महतोले देश र मधेशको लाइफ लाइनको रुपमा रहेको चुरे क्षेत्रलाई व्यवस्थित ढंगले संरक्षण गर्ने बताएका छन ।
उनले, ‘प्रदेशको स्थायी राजधानी तथा प्रदेशको नामाकरणलगायतका विषयलाई प्रथमिकतामा राख्ने बताएका छन ।
नेकपा (एस) को तर्फबाट प्रदेश २ सरकारमा सहभागी हुनुभएका मन्त्री महतोले प्रदेश २ सरकार जनता र मिडिया सामु भ्रष्टाचारको विषयलाई लिएर निकै बदनाम भएको अवस्था छ, यसलाई न्यूनीकरण गर्दै लैजाने जानकारी दिएका छन ।
मन्त्री महतोले, ‘मन्त्रालयमा मन्त्री पदको पदभार ग्रहण गर्दै सम्पूर्ण कर्मचारीसँग साथ सहयोगको अपेक्षा राख्दै जनताको गुनासोलाई ख्याल गरी अगाडी बढ्ने बताएका छन ।
नेकपा (एकीकृत समाजवादी)का तर्फबाट संसदीय दलका नेता महतो उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा सांसद प्रमोद यादव कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारसहित प्रदेश २ सरकारमा सहभागी भएका छन ।