२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नपाली कांग्रेस १४ औँ महाधिबेशन 

उपसभापति निधिले भने :  “लोकतन्त्र मजबुत बनाउन काँग्रेसलाई मतदान” 

आइतवार , मंसिर ५, २०७८


जनकपुरधाम,  मंसिर  ।  नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली काँग्रेसलाई नै मतदान गर्नुपर्ने बताएका छन । नेपाली काँग्रेस जनकपुरधाम उपमहानगर समितिको १४ औं नगर अधिबेशनलाई आइतबार जनकपुरधाममा उद्घाटन गर्दै  निधिले भने, ‘नेपाली काँग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्न सामथ्र्य राख्छ ।’  
उनले काँग्रेस पार्टीमा आवद्ध हुन सबैमा आहवान  पनि गरे ।  उपसभापति निधिले काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनको सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा  काम अघि बढाएको बताएका छन ।  
नागरिकको जीवन रक्षा पहिलो प्राथमिकतामा राखेको बर्तमान सरकारले सही दिसा लिएको  भन्दै देशमा पुनः एक पटक काँग्रेसलाई बहुमत दिनुपर्नेमा जोड दिए । उनले जनकपुरधामको पर्यटन प्रबद्र्धनमा महत्व राख्ने नेपाल रेल्वे यथा शिघ्र सञ्चालन गर्न वर्तमान सरकारलाई आग्रह गरे ।  
कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले वडा तहमा भएको नेपाली काँग्रेसको अधिबेशन सहमतिकै आधारमा भएको विषय प्रशंसनीय रहेको भन्दै पालिका र जिल्लामा हुने अधिबेशन पनि सहमतिकै आधारमा सम्पन्न गरी कार्यकर्ताले प्रदेश र केन्द्रलाई पनि सहमतीको बातावरण तयार गर्न बाध्य पार्नुपर्ने धारणा व्यक्त गरे । 
कार्यक्रममा प्रदेश नं.२ का भौतिक पूर्वाधार विकास मन्त्री एवम नेपाली काँग्रेस प्रदेश नं.२ संसदीय दलका नेता रामसरोज यादवले विभिन्न तहमा भइरहेको काँग्रेसको १४औं अधिबेशनले कार्यकर्तामा उत्साह थपिएको बताए । 
उनले भने, यस उत्साहलाई कायम राखेर अगामी चुनावमा प्रदेश नं.२ लाई काँग्रेसमय बनाउन नेता कार्यकर्तालाई आग्रह गरे ।  नेपाली काँग्रेसका नगर सभापति मनोज साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाली काँग्रेसका नेता एवम प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरीसहितकाले अधिबेशन सफलताको शुभकामना दिएका छन । 
यसैवीच नेतृत्व चयनको लागि आजै भएको निर्वाचन प्रक्रियामा नगरसभापतिमा एक जना मात्रै मनोज साहको उम्मेदवारी परेपछि साह सर्वसम्मत निर्वाचित भएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार