विराटनगर, मङ्सिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत भएपछि थप आठवटामा सभापति चयन गर्न शनिबार निर्वाचन सम्पन्न भइ साँझदेखि नै मतगणना भएको थियो ।आइतबार बिहान प्राप्त मत परिणाम अनुसार मोरङ निर्वाचन क्षेत्र नं १ क मा नरबहादुर तामाङ र ख मा राजकुमार लामा निर्वाचित हुुनुभएको छ । त्यसमध्ये लामा सर्वसम्मत भएका छन यसैगरी, निर्वाचन क्षेत्रन नम्बर २ क मा कन्यैहालाल राजवंशी र ख देवेन्द्र बस्नेत विजयी हुनु भएको छ जसमा कन्हैयालाल सर्वसम्मत हुन भएको हो । निर्वाचन क्षेत्र नम्बर ३ क गंगा याक्खा र ;ख जगतलाल चौधरी, क्षेत्र नम्बर ४ ‘कमा एकाराम मा झी र ख मा सुबोध निरौला निर्वाचित भए । निर्वाचन क्षेत्र नम्बर ५ कअचानु खाँ गन्गाई र ख जितु साह शुक्रबार नै सर्वसमम्च चयन भए । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ क दिपक भगत र ख मधुवाबु तिवारी विजयी भएका छन ।निर्वाचनबाट प्रदेश निर्वाचन क्षेत्रको सभापतिसहित पदाधिकारी निर्वाचति भएको नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिएका छन । निर्वाचनबाट हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट जम्मा १९२ जना अधिवेशन प्रतिनिधिले प्रदेश पदाधिकारी चयन गर्न मतदान गर्नेछन् ।मोरङ कांग्रेसका अनुसार यस सम्पन्न वडा अधिवेशनबाट जिल्लामा जम्मा ३ हजार ५५१ क्षेत्रीय प्रतिनिधि चयन भएका थिए । प्रदेश प्रतिनिधि र पदाधिकारी चयन गर्न तीमध्ये करिब ९९ प्रतिशतले मत खसालेको पार्टी सचिव घिमिरेले जानकारी दिए ।प्रदेश क्षेत्र अधिवेशनका लागि मोरङको क्षेत्र नं १ क २८३ र ख&मा ३७६, २ & २९८ र ख मा ३८४, ३ क २५९ र ख २६०, ४ क ३५२ र ख मा ३३८, ५ ‘क’ २४६ र ‘ख’ १९७, निर्वाचन क्षेत्र नम्बर ६ क३०४ र ख मा २५४ मतदाता रहका थिए ।मोरङको निर्वाचनमा केन्द्रीय नेताहरु महेश आचार्य, डा. शेखर कोइराला, मिनेन्द्र रिजाल र अमृत अर्यालयको खास भूमिका रहेको र केन्द्रीय नेताले आफू पक्षधर सभापति तथा प्रतिनिधि चयन गराउन पहल र प्रयास गरेको बताइन्छ ।