२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जुम्ला काँग्रेस निर्वाचन :' सभापतिमा दुई शाहीबीच प्रतिस्पर्धा'

आइतवार , मंसिर ५, २०७८


जुम्ला, मङ्सिर ।  नेपाली काँग्रेस जुम्लामा निर्वाचनका लागि दुई प्यानल घोषणा गरिएका छन् । सहमतिको लामो प्रयास गरेको काँग्रेसले सहमति हुन नसकेपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको दुई प्यानल घोषणा भएका छन् । 
वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट सभापतिमा दिपबहादुर शाही, उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा लक्ष्मणबहादुर शाही र अर्जुनसिंह कठायत, सहसचिवमा नन्दप्रसाद चौलागाई र घनेन्द्र वोहोरा सहितको टिम घोषणा गरिएको छ । 
यसैगरी देउवा प्यानलबाट सभापतिका उम्मेदवार कर्णबहादुर शाही, उपसभापतिमा  नन्दराम बुढा र मक्कर हमाल, सचिवमा दानबहादुर बुढा र घनश्याम थापा, सहसचिवमा नवराज देवकोटा र धनबहादुर रावतको प्यानल घोषणा भएको छ । 
सभापति दिपबहादुर शाहीका अनुसार मङ्सिर ४ गते मनोनयन दर्ता, ५ गते अन्तिम नामावली प्रकाशन र ६ गते निर्वाचन हुनेछ । कांग्रेसको सातौ जिल्ला अधिवेशनमा सहमति हुन नसकेपछि निर्वाचनमा जाने पक्का भएको छ । जुम्लामा जिल्ला कार्यसमिति ३७ जना र महाधिवेशन प्रतिनिधि २७ जना छनौट हुने भएका काँग्रेस सभापति दिपबहादुर शाहीले जानकारी दिए । 
्

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार