गण्डकी , मङ्सिर । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँमा चारवटै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । तीनवटामा मतदानमार्फत र एकमा निर्विरोध नेतृत्व चयन भएको हो ।
मतदान भएको प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ । क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित हुनुभएको छ । २९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले २१६ मत प्राप्त गरेका छन ।
यसैगरी उपसभापतिमा बलबहादुर पोखरेल, सविता उप्रेती र राजु खड्का विजयी हुनुभएको छ । उपसभापतिमा खनाल प्यानलका उप्रेती र मिया प्यानलका खड्काले २३१ मत प्राप्त गरी बराबर हुनु भएको थियो ।
सचिवमा ईश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मीनबहादुर गुरुङ चरी निर्वाचित भएका छन । प्रदेश प्रतिनिधिमा कमल पण्डित, चिरञ्जिवी अधिकारी, ज्योति श्रेष्ठ, तुलसीराम सापकोटा, बाबुराम बगाले सुरेश थापा, हरिदत्त पौडेल, कान्छीमाया तामाङ, तिर्थमाया पौडेल, ओजराज पौडेल, विद्या पाण्डे जिसी, केशकुमारी राना (काशी राना), अमर गुरुङ, मनिलाल श्रेष्ठ, सकिना खातुन र बुद्धकुमार परियार विजयी भएका छन ।
प्रदेश प्रतिनिधिमा मिया प्यानलबाट कान्छीमाया तामाङ मात्रै विजयी हुनु भएको थियो अरु सबै पराजित भएका थिए । नेपाली कांग्रेस तनहुँ क्षेत्र १ (ख) प्रदेश समितिको सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित हुनु भएको छ । सभापतिमा विजयी श्रेष्ठले २२० मत पाउँदा अर्का प्रत्यासी राजेन्द्र पियाले १५४ मत प्राप्त गरेका छन ।
अधिवेशन बाट श्रेष्ठ प्यानलका सबै विजयी भएका छन् । उपसभापतिमा राधा खनाल र बाबुराम श्रेष्ठ, सचिवमा हरिशरण खनाल र लक्ष्मीकान्त मिश्र विजयी भएका छन । सहसचिवमा विराट केसी र गोपाल थापा विजयी भएका छन ।
प्रदेश प्रतिनिधिमा अमृतबहादुर नेपाली, चित्तबहादुर थापा, गिरबहादुर थापा, विमला थापा, विपीन गुरुङ, पञ्चमाया गुरुङ, महेशराज भट्टराई, तमबहादुर दरै, प्रेमबहादुर गुरुङ, तुलक कैनी, कर्णबहादुर गुरुङ, मदन पण्डित, निमबहादुर थापा, रामचन्द्र पण्डित, विद्या खनाल, पवित्रा गौली र शान्ता बास्तोला निर्वाचित हुनु भएको छ । पिया प्यानलबाट गिरबहादुर थापा मात्रै प्रदेश प्रतिनिधीमा विजयी हुनु भएको बाँकी सबै श्रेष्ठ प्यानलबाट विजयी भएका हुन् ।
क्षेत्र नम्बर २ प्रदेश (क) मा सभापतिमा जितराज रानाको पुरै प्यानलले जीत हासिल गरेको छ । सभापतिमा विजयी रानाले २३८ मत प्राप्त गर्नु भएको थियो भने प्रत्यासी हिरा थापाले १८१ म प्राप्त गरेका छन ।
उपसभापतिमा रेशमलाल पौडेल र पशुपति क्षेत्री, सचिवमा हरि भण्डारी र राजेशकुमार श्रेष्ठ, सहसचिवमा मुक्तिप्रसाद सापकोटा र केशबहादुर थापा विजयी भउका छन । प्रदेश प्रतिनिधिमा रविचन्द्र पौडेल, शिवशरण वाग्ले, श्रीबहादुर थापा, शिवबहादुर आले, समुन्द्रराम श्रेष्ठ, तुलबहादुर गुरुङ, लोकेन्द्र थापा, सुलोचना गौतम, बासना श्रेष्ठ, बिना खनाल, डोलबहादुर सुनार, जुक्तराज वाग्ले, निशा पौडेल, अन्जनकुमार श्रेष्ठ, हिरालाल गुरुङ, सीता कुमाल र निरबहादुर पुन विजयी भएका छन ।
यसैगरी, क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएका छन । दुई उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भए ।
प्रदेश प्रतिनिधिमा विष्णुवीर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मीरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित हुनुभएको थियो ।
स्याङ्जा समाचारदाताका अनुुसार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जाका चार प्रदेशसभाका सभापति सहित पदाधिकारी तथा कार्यसमिति चयन भएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) को सभापतिमा केशरबहादुर खाँण (धुव्र) विजयी हुनु भएको हो । खाणँले सिमा कर्मचार्यलाई पराजित गर्नु भएको हो । समितिको उपसभापतिमा बोधराज अर्याल र हुमबहादुर लम्साल (राजेन्द्र), सचिवमा आशिष लम्साल र नवराज वाग्ले, सहसचिवमा वेदकुमार गुरुङ र राजेन्द्र शर्मा निर्वाचित हुनु भएको हो ।
प्रदेशसभा (ख) को प्रदेश सभापतिमा प्रकाश तिवारी विजयी हुनु भएको हो । तिवारीले रबिन केसीलाई पराजित गर्नु भएको हो । समितिको उपसभापतिमा थानेश्वर पौडेल र प्रल्हादजंग मरासिनी, सचिवमा प्रताप पौडेल तथा शिवबहादुर थापा र सहसचिवमा उदयराज पौडेल (सन्तोष) तथा युवराज हमाल निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) को सभापतिमा अर्जुनप्रसाद खनाल विजयी हुनु भएको हो । खनालले बिद्या श्रेष्ठलाई पराजित गर्नु भएको हो । समितिको उपसभापतिमा कुलबहादुर गुरुङ र भविष्वर कोइराला, सचिवमा ढण्डपानी पंगेनी (डण्डु) र अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण र बोधराज कुँबर (राजु) निर्वाचित भएको नेपाली काग्रेस स्याङ्जाले जनाएको छ ।
प्रदेशसभा (ख) तर्फको सभापतिमा महेश भट्टराईले कलम रेग्मीलाई पराजित गर्दै बिजयी हुनु भएको हो । समितिको उपसभापतिमा टिकाराम तिवारी र खगीसरा निर्विरोध निर्वाचित हुनु भएको हो ।
समितिको सचिवमा गोकर्णप्रसाद भट्टराई र रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित हुनु भएको हो । यहाँका चार प्रदेशमा दुई हजार २५९ मतदाता रहेकोमा दुई हजार २२८ मत खसेको थियो ।
म्याग्दी समाचारदाताका अनुुसार नेपाली काग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशनबाट जिल्ला कार्य समितिले पूर्णता पाएको छ । दोस्रो कार्यकालका लागि सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत चयन भएको भए पनि अन्य पदहरुमा भने मतदान भएको थियो । जिल्लाको रघुगंगा गाउँपालिका–४ दग्नामका गर्बुजा दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो ।
गत बिहिबार भएको मतदानबाट उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी), सचिबमा हिराबहादुर पुन र भरत रकाल, सह–सचिबमा श्रीराम पौडेल र ध्रुबराज कार्की निर्वाचित हुनुभएको छ । उपसभापति, सचिव तथा सहसचिव सबै पदमा मतदान भएको थियो ।
उप–सभापतिमा बिजयी बेनी नगरपालिकाका प्रमुख समेत रहेका श्रेष्ठले ३५४ र भण्डारीले ३७९ मत प्राप्त गर्नुभएको थियो भने उपसभापतिका प्रत्यासी डमबहादुर पुनले २३८, माधबप्रसाद रेग्मीले ९९, भिमबहादुर कार्कीले ८६ र कमल छन्त्यालले ८६ मत प्राप्त गर्नुभएको थियो ।
सचिबमा निर्बाचित पुनले ३६९ र रकालले ३५७ मत प्राप्त गर्नुभएको थियो भने सचिबका प्रत्यासी अजयमिलन श्रेष्ठले ३५३ र दुर्गाराम सुबेदीले १५६ मत प्राप्त गर्नुभएको थियो । सह–सचिबमा निर्बाचित कार्कीले ४०५ र पौडेलले ३८७ मत ल्याउँदा अर्का प्रत्यासी कमल उपाध्यायले २३१ मत पाउनुभयो ।
नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधीमा चिरञ्जबी शर्मा, जिबनकुमार मल्ल, धनबहादुर छन्त्याल, बिक्रम बोगटी, नेत्रबहादुर महत, रेशमबहादुर बानियाँ, मुकुन छन्त्याल, रेशमबहादुर बानिया, बिपिन खड्का, शिब केसी, श्रीप्रसाद रोका, चित्रबहादुर केसी, बलभद्र ढकाल, ओमकुमारी फगामी, पुनमकुमारी खोरजा, बिमला गौचन, खिमकुमारी पुर्जा, देबीकुमारी बुढा, धनकुमारी थापा, दिपेन्द्र श्रेष्ठ, बमबहादुर पुन र भिमबहादुर रोका, मनकुमारी बिक, यामबहादुर हर्मेल, अन्जित खान र सुरेन्द्र खत्री निर्बाचित हुनुभएको छ ।
अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यहरूमा मनकुमारी तुलाचन, रुद्रप्रसाद शर्मा, लिलाबहादुर बानिया, अमृता भण्डारी, मनबहादुर शेरपुञ्जा, पुष्पा बानिया बरुवाल, गमबहादुर फगामी पुन, मनरुपा पुन, चमु पुन, युगकुमारी सेन, पुस्करबहादुर पुन, रामदेबी पुन, काजीमान रोका, लक्ष्मीकुमारी केसी, सम्मरबहादुर थापा, तुलसीदेबी पुर्जा, ललिता तिलिजा, पुर्णबहादुर तिलिजा पुन, बिलबहादुर फगामी, सम्झना परियार, बालकुमार लामिछाने र अमृतमान शेरचन चयन हुनुभएको छ ।
यसअघि, नेपाली कांग्रेसको प्रदेशसभाका दुईवटै निर्बाचन क्षेत्र र चारवटा पालिका समितिमा सर्बसम्मत नेतृत्व चयन भएको थियो । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका तथा जिल्लाका ४५ वडामध्ये बेनी नगरपालिका–५ र अन्नपूर्ण गाउँपालिका–६ को सभापति पनि मतदानबाटै चयन गरिएको थियो । ४५ वटा वडाको अधिबेशनबाट चयन भएका ७३५ जना प्रतिनिधिमध्ये ७१२ जनाले जिल्लामा मतदान गरेका थिए ।