२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस निर्वाचन : 'काभ्रेको चार प्रदेश क्षेत्रमा नेतृत्व चयन'

आइतवार , मंसिर ५, २०७८

 काभ्रेपलाञ्चोक, मङ्सिर । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । तीन क्षेत्रमा मतदान भएको थियो भने एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । शुक्रबार सुरु भएको तीन क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक भएका थिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र क मा सर्वसम्मत नेतृत्व चयन भएको हो । निर्विरोध निर्वाचित हुनेमा सभापति रामबहादुर योञ्जन, उपसभापति चन्द्रलाल दोङ र रणबहादुर तामाङ, सचिवमा दावा फेन्च लामा र रामशरण चौलागाईँ हुनुहुन्छ । सहसचिवमा भने गोकुलप्रसाद भुर्तेल र वसन्तकुमार तामाङलगायत सदस्यहरू क्षेत्रीय समितिमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ख को सभापतिमा चन्द्रबहादुर लामा, उपसभापतिमा केशव बञ्जारा र सुदर्शन अधिकारी निर्वाचित हुनुभएको हो । सचिवमा अनिश बल र रुपक महत तथा सहसचिवमा विनोद तिवारी र रामबहादुर घ्यावालगायत सदस्य विजयी हुनुभएको छ ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र क को सभापतिमा हेम लामा निर्वाचित हुनुभएको छ । उपसभापतिमा किरण श्रेष्ठ र जीवन खड्का तथा सचिवमा उद्धवप्रसाद पौडेल र सञ्जय तामाङ, सहसचिवमा अनिल लामा र रमिला बानियाँसहित समिति निर्वाचत भएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र खको सभापतिमा रामहरि श्रेष्ठ निर्वाचित हुनुभएको छ । उपसभापतिमा भने कुमुदा वैद्य र गङ्गाप्रसाद घिमिरे विजयी हुनुभयो । यस्तै सचिवमा नेत्रप्रसाद ढकाल र युगेश्वर कायस्थ तथा सहसचिवमा दीपक लामिछाने र मनहरि ढकाल निर्वाचित हुनुभएको हो ।

यसैबीच नेपाली कांग्रेसको निर्वाचन तालिकाअनुसार सोमबार काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएको छ । नेतृत्वका लागि हालसम्म १ नं क्षेत्रबाट दिनेश लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई नम्बर प्रतिनिधिसभा क्षेत्रबाट महेश खरेल र सुन्दरमणि अचार्यले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार