२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रचण्ड-अमेरिकी बिदेशमन्त्री लु भेट : 'एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा छैनौँ'  

शुक्रवार , मंसिर ३, २०७८

 

काठमाडौँ, मंसिर । आज, शुक्रबार, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग   अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गर्नुभएको छ । आज शुक्रवार अमेरिकी सहायक विदेशमन्त्री लुले प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको हो । 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि अध्यक्ष दाहालसँग भेट गर्नुभएका लुले नेपालको शिक्षा, स्वास्थ्य र स्वच्छ ऊर्जाको क्षेत्रमा विशेष सहयोग गर्ने बता एका छन । 
भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष प्रचण्डले भने, एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लुलाई जानकारी गराएँ ।  उनले अमेरिकाले दिएको डिसेम्बर १४ भन्दाअघिको समयसीमाभित्र निर्णयमा पुग्ने पनि बता ए । 
अध्यक्ष दाहालले थपे, , ‘राम्रो वातावरणमा सौहार्दपूर्ण र खुला छलफल भयो, म छलफलबाट पूरै सन्तुष्ट भएको छु । नेपालको समग्र विकास प्रक्रिया, नेपालको विकासको सम्भावना बढी कुन क्षेत्रमा छ भन्नेबारेमा कुराकानी भयो । 
उनले यहाँको क्लिन इनर्जीको बारेमा थोरै कुरा राखेका छन, । एग्रिकल्चर डेभलपमेन्टको बारेमा केही कुरा गरेका छन ।  मैले नेपालमा एग्रिकल्चर इन्डस्ट्रिको आवश्यक्ता छ, युवालाई रोजगारी हुन्छ, एग्रोबेस्ट इन्डस्ट्री नै राम्रो हुन्छ भने । 
एमसीसीबारे कुराकानी भएको र मैले  भने,  हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा  छैनौँ,  किनभने त्यत्रो पैसा नेपालमा पूर्वाधारका लागि आवश्यक छ, तपाईँहरू पैसा दिन तयार, हामी लिन तयार छौँ ।

यहाँ केही अलमल छ, पहिला ओर्जिनल डकुमेन्ट जस्तो थियो, अहिले छैन, त्यसले अलमल छ । अल पार्टी मिटिङमा हामी छलफल गर्छौँ, हामी डिसेम्बर १४ अघि एउटा टुङ्गोमा पुग्छौँ ।’ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालपछि सहायक विदेश मन्त्री लुले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार