२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेसको १४औं महाधिवेन

आज प्रदेशसभा अधिवेशन हुँदै : 'नभएका जिल्लामा  नयाँ मिति तोक्ने' 

३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुने

शुक्रवार , मंसिर ३, २०७८


काठमाडौं, मंसिर ।  नेपाली कांग्रेसको १४औं महाधिवेन अन्तर्गत शुक्रबादेखि प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समिति सदस्य एकराज पोखरेलले  पालिका तहका अधिवेशन भएका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको  जानकरी दिएका छन । 

उनले भने, समितिको पछिल्लो संशोधित कार्यतालिका अनुसार मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ । अधिकांश जिल्लामा आज अधिवेशन हुँदैछ । आज अधिवेशन हुन नसकेका जिल्लामा जिल्ला निर्वाचन अधिकृतले नयाँ मिति तोक्ने अधिकार निर्वाचन समितिले दिएको छ ।

कांग्रेसले पहिलो पटक प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्न लागेको हो । संविधानको व्यवस्था अनुसार ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुनेछ । यसअघि कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमा प्रदेश सभा क्षेत्रीय कार्यसमिति चयन गरेको थियो ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी चयन गर्नेछन् ।

कांग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६(१७ गते हुँदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४(२६ सम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार