२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औँ महाधिबेशनकाे मुखमा

निर्बाचन समिति बैठक बस्दै : 'उजुरी र निर्वाचन हुन नसकेका बिषयमा छलफल हुने' 

शुक्रबार प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी 

बिहिवार , मंसिर २, २०७८


काठमाडौँ, मंसिर । महाधिबेशन नजिकिदै जाँदा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा समितिको बैठक दिउँसो १ बजे  बस्न लागेको  सदस्य एकराज पोखरेलले जानकारी दिएका छन । 
महाधिबेशन बाँकी रहेका ठाउँमा कात्तिक २७ देखि वडा अधिवेशन भइरहेको र शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तयारी कांग्रेसको छ।

विभिन्न जिल्लाबाट आएका उजुरी र निर्वाचन हुन नसकेका ठाउँमा समन्वय गर्नेजस्ता कार्यका लागि आज निर्वाचन समितिको बैठक बस्न लागेको हो।

सिन्धुपाल्चोकमा २ वडामा अधिवेशन हुन सकेको छैन। रसुवामा पनि केही वडामा अधिवेशन हुन सकेको छैन।

कांग्रेसले यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ। अहिलेसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाँकी जिल्लामा मंसिर १० भित्र जिल्ला अधिवेशन गर्नुपर्ने कार्यतालिका छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार