झापा, कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको दमकमा भएको पहिलो प्रदेश अधिवेसनबाट प्रदेश १ अध्यक्षमा राम थापा निर्वाचित भएका छन । पार्टी एकतापछि भएको पहिलो अधिवेशनमा सर्वसम्मत नेतृत्व चुन्ने प्रयास भएपनि त्यो सम्भव नभएपछि निर्वाचन भएको थियो । निर्वाचनमा राम थापा विजयी भएका हुन ।
पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाको निकट मानिने राम थापा र संघीय सांसदसमेत रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनको पक्षबाट भक्ति सिटौलालाई उम्मेद्वार खडा गरिएको जनाईएको थियो ।
थापाले सिटौलालाई ३८ मतान्तरले पराजित गरेका छन । सोमबार साँझ आएको निर्वाचनको नतिजा अनुसार थापाले २७५ मत र सिटौलाले २३७ मत प्राप्त गर्नु भएको पार्टीले बनाएको निर्वाचन समितिका संयोजक बासुदेब भट्टराईले जानकारी दिएका छन ।
प्रदेश १ का १४ जिल्लाका ५१५ जना प्रतिनिधिले मतदान गरेको जनाईएको छ । लिङ्देनले आउँदो अधिवेशनमा थापाविरुद्ध उम्मेद्वारी दिने सार्वजनिक रुपमा नै घोषणा गरिसक्नुभएको छ । पार्टीका केन्द्रिय अध्यक्ष थापाले पार्टीलाई समाप्त पारेको र आफुहरुलाई समेत भुमिकाविहिन बनाएको उहाँको आरोप रहेको छ ।
आइतवार भएको प्रदेश अधिवेसनको उद्घाटनमा पार्टी अध्यक्ष थापा र नेता लिङ्देनबीच घोचपेच सहितको आरोपप्रत्यारोप भएको थियो ।