काठमाडौँ, कात्तिक । नेपाल बार एसोसिएसनले सर्बोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै मंगलबार पनि प्रदर्शन जारी राखेको छ । बार एसोसिएसनको प्रांगणबाट कानुन व्यावसायी सर्वोच्चको मुख्य भवनमुनि बसेर प्रदर्शन गरिरहेका छन् ।
सर्वोच्चका न्यायाधीश नै विभाजित भइरहेका बेला कानुन व्यावसायीले भने आन्दोलन कुनै हालतमा राजीनामा नहुँदासम्म नछोड्ने बताएका छन् ।
सर्वोच्चमा चोलेन्द्रशमशेर राजीनामा देउ, भ्रष्टाचारका नाईके राजीनामा देउ, विचौलियाका नाइके राजीनामा देउ भन्ने नारा लागिरहेका छन् ।