सिन्धुली, कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र पुस्तान्तरणभन्दा पनि रुपान्तरण आजको आवश्यकता भएको बताएका छन । उनले काँग्रेसको १४औँ महाधिवेशनले नेपाली काँग्रेसलाई सो बाटोमा हिँडाउने विश्वास व्यक्त गरे । जिल्लाको रानीवासमा सोमबार आएको छन । नेता पौडेलले कार्यकर्ता भेटघाटमा उक्त कुरा बताएका छन ।
वरिष्ठ नेता पौडेलले भने, “काँग्रेसलाई रुपान्तरण गर्न, नयाँ बाटो, नयाँ ऊर्जा, नयाँ धार र सञ्चार गराएर सशक्त रूपमा राष्ट्रमा सफल बनाउनुछ । काँग्रेसको यस महाधिवेशनबाट हामी यो बाटोमा हिँड्छौँ । यसपालि काँग्रेस सफल हुन्छ ।”
उनले भ्रमको राजनीतिबाट देशलाई मुक्त बनाउने आफ्नो अभियान रहेको बताएका छन । उनले भने, “अरू कसैले राष्ट्र र लोकतन्त्र जोगाउँदैनन् । सबैको चालामाला देखिसक्यौँ । सबै अवसरवादी हुन्, मौकाअनुसार बोल्छन् र गर्छन् । जनतालाई सधैँ धोका दिन्छन् । जनतालाई जहिल्यै भ्रममा पार्छन् ।”
वरिष्ठ नेता पौडेलले नेपालको राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने आधार काँग्रेस नै भएको दाबी गरे । काँग्रेसलाई विकृति मुक्त बनाउन आफू लडिरहेको उनले भने, “म सत्तालाई भन्दा व्यवस्थालाई महìव दिन चाहन्छु”, उनले थपे, “हामीले सत्ताको चिन्ता गर्ने होइन, व्यवस्थाको चिन्ता गरौँ ।”
वरिष्ठ नेता पौडेलले अहिले व्यवस्थालाई स्थिर गर्न नसके राष्ट्र अस्थिर हुने कुरा चिन्ता व्यक्त गर्दै भने, “व्यवस्था कसरी स्थिर गराउने भन्ने मेरो चिन्ता हो । अहिले पनि म त्यसको लागि बाहिर र भित्र दोहोरो लडाईं लडिरहेको छु ।”
नेता पौडेलले भने, “स्थानीय चुनावमा गठबन्धन कायम रहन्छ कि रहँदैन भन्ने त्यतिबेलाको अवस्थामा भर पर्छ । बाध्यताको गठबन्धनले यो सरकार चलेको छ । आउने चुनावमा हामी के गर्छौं भन्ने कुरा त्यतिखेरको अवस्थामा भरपर्छ ।”