काठमाडौँ, कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध बिरोध चर्कदै गएपछि आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका छन् । प्रधानन्यायाधीशको निजी सचिवालयले प्रेस विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराले हाल न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न नेपाल बार र सर्वोच्च बेन्चबीच संवाद हुनुपर्ने बताएका छन ।
उनले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको पनि विज्ञप्तिमार्फत जनाएका छन् ।