काठमाडौँ, कात्तिक । प्रधानन्यायधीश बिरुद्ध सर्वोच्च अदालत परिसरभित्र प्रदर्शन गर्ने वकिलहरुसँग प्रहरीको केहीबेर घम्साघम्सी भएको छ । नेपाल बार एसोसिएसनको कार्यालयबाट सर्वोच्च अदालत छिर्ने क्रममा वकिललाई प्रहरीले रोक्न खोज्दा केहीबेर घम्साघम्सी भएको हो ।
वकिलहरुलाई अदालत परिसरबाट मुख्य गेट अगाडी धर्ना दिन जाने क्रममा प्रहरीले रोक्न खोजेको थियो । प्रहरीसँग केहीबेर घम्साघम्सी भएपछि वकिलहरु अदालतको मुख्य गेटमा धर्ना दिन पुगेका छन् ।
प्रहरीले वकिललाई वैकल्पिक गेटमा धर्ना दिन भने रोकेको छ । अदालत परिसरमा अन्य दिनको तुलानामा प्रहरीको उपस्थिती बढाइएको छ ।
सोमबार सर्वोच्चमा काठमाडौंका वकिलले पनि धर्ना दिने भएपछि प्रहरीको उपस्थिती बढाइएको हो । प्रहरीले वकिलको धर्ना अवरोध गर्ने प्रयास गरिरहेको छ ।