२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काँग्रेस १४ महाअधिवेशन

प्रदेश २  : 'अधिकांश वडामा सर्वसम्मत चयन'

आइतवार , कार्तिक २८, २०७८

 

जनकपुर, कात्तिक । नेपाली काँग्रेस महाधिवेशनका लागि प्रदेश २ का जिल्लाका अधिकांश वडामा वडा अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । 
प्रदेश २ का धनुषा, सिरहा र सप्तरीमा हालसम्म सम्पन्न वडा अधिवेशनले अधिकांश वडामा सभापतिसहित पदाधिकारी र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । केन्द्रीय निर्वाचन समितिले पछिल्लो पटक बाँकी रहेको वडा अधिवेशनका लागि कात्तिक २७÷३० गते मिति तोकेको छ ।

सिरहा र सप्तरीमा शनिबार करिब ७० प्रतिशत वडामा अधिवेशन सम्पन्न भएको छ भने बाँकी वडामा आइतबार र सोमबारभित्र अधिवेशन गरिसकने गरी कार्य भइरहेको छ ।
सप्तरीका १६४ वडामध्ये ८० प्रतिशतमा सर्वसम्मत नेतृत्व चयन भइसकेको जिल्ला सभापति दिनेशकुमार यादवले जानकारी दिएका छन ।  २२ वटा वडाको शनिबार अधिवेशन हुन नसकेको र तीमध्ये धेरैको अधिवेशन जारी रहेको जानकारी उहाँले दिनुभयो । सङ्घीय निर्वाचन क्षेत्र नम्बर ४ मा तीनवटा वडामा अधिवेशन स्थगित भएको उनले बताए ।  
यता धनुषामा आइतबार ७० प्रतिशत वडामा अधिवेशन सम्पन्न भएको विवरण प्राप्त भएको जिल्ला सभापति महेशशङ्कर गिरीले जानकारी दिए । १६९ वडा रहेको उक्त जिल्लाका प्रत्येक वडामा अधिवेशन जारी रहेको बताउँदै उनले भने, “८० प्रतिशत वडामा सर्वसम्मत हुन्छ । बाँकी वडा अधिवेशनको विवरण प्राप्त भइरहेको छ ।”  

oसैबीच, सिरहाको १६४ वटा वडामध्ये १२० वडामा अधिवेशन सम्पन्न भएको छ । ती सबै वडामा सर्वसम्मत नेतृत्व चयन र प्रतिनिधि छानिएको छ । शनिबार जिल्लाका १६४ वटै वडामा एकै पटक अधिवेशन सुरु भएको थियो  ।
जिल्ला निर्वाचन अधिकृत अधिवक्ता सञ्जीवकुमार लामाका अनुसार बाँकी ४४ वडामध्ये २४ वडामा आइतबार सर्वसम्मत रूपमा नेतृत्व चयन भयो । २० वटा वडामा सोमबार निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार