२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सर्वोच्चमा वकिलको धर्ना : प्रदर्शनमा प्रहरीको हस्तक्षेप

आइतवार , कार्तिक २८, २०७८

 

काठमाडौँ, कात्तिक । लामो समयदेखि चर्किएको  सर्वोच्च अदालतमा वकिलहरुको  धर्ना  आज पनि निरन्तरता दिए ।  आजको धर्नामा  प्रहरीले हस्तक्षेप गरेको छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बोलिरहेको समयमा प्रहरीले माइक  र स्पिकर खोसेर शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेको हो । 

अध्यक्ष श्रेष्ठले न्याय किनबेचको वस्तु नभएको तर प्रधानन्यायाधीश चोलेन्द्र राणाले न्यायलयलाई कमाइ हुने स्थान बनाएको आरोप लगाए । प्रधानन्यायाधीशले न्यायालय प्रवेश गर्ने अधिकार गुमाइसकेको उनको जिकिर थियो । 
उनले प्रधानन्यायाधीशको मात्रै होइन न्यायलयमा विचौलियाको काम गर्ने सबैको सम्पत्तिको छानबिन हुनुपर्ने माग गरेका थिए ।
चोलेन्द्रले संसदमा गरेको वाचा बिर्सिएर न्यायपालिकालाई विचौचियाको अखडा बनाएको आरोप लगाएसँगै प्रहरीले माइक तथा स्पिकर कब्जामा लिने प्रयास गरेको थियो ।

प्रदर्शनमा सहभागी वकिलले प्रतिकार गरेपछि प्रहरी पछाडि हटेको छ । अहिले बारमा पदाधिकारीहरुले सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार