काठमाडौं, कात्तिक। नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सो पार्टीले आज पार्टी कार्यालय सानेपामा बैठक आह्वान गरेको हो ।
काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले आइतवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको बताएका छन । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।
बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ ।