२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस नेता पौडेलले भने

एमाले  कांग्रेसको प्रतिष्पर्धी रहेन : 'ओलीको प्राइभेट कम्पनी जस्तो भइसक्यो'  

आइतवार , कार्तिक २८, २०७८

 

तनहुँ, कात्तिक । नेकपा एमालेको कांग्रेससँग प्रतिस्पर्धा  नभएको  र गर्नसक्ने अवस्था पनि नरहेको  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले  बताएका छन । शनिबार  तनहुँमा  आयोजित एक कार्यक्रममा  नेता पौडेलले भने,  पार्टीभित्र असहमति राख्नेलाई अध्यक्ष केपी शर्मा ओलीले निकालेर 
दलमा  प्रतिष्पर्धा  गर्ने कोही नराखेर आफू शक्तिशाली भएको  बताउने  र असहमति सुन्नै नसक्ने नेता बलियो र जनप्रिय हुननसक्ने पनि उनले उल्लेख गरे ।   

‘एमाले भनेको केपी ओलीको प्राइभेट कम्पनी  जीतो भइसकेको छ,,  एउटा प्रालिले कसरी कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीसँग प्रतिस्पर्धा गर्न सक्छ?,’  उहाँको भनाई थियो । 
तनहुँको म्याग्दे गाउँपालिका पार्टी समितिले आयोजना  गरेको कार्यक्रममा पौडेलले भने, ‘ओलीले आफूसँग असहमत भएका सबैलाई पार्टीबाट निकालिसक्नुभयो। फरक मत सुन्नै सक्दैन भने त्यो मानिस कसरी नेता हुन्छ? ’ र दल कस्तो बन्ला ? 


एमालेले लोकतन्त्रको संरक्षण गर्न नसक्ने पनि उनको भनाइ थियो। ओलीले दुई तिहाइ मतसहित देशको नेतृत्व गर्दासमेत उपलब्धि हासिल नभएको टिप्पणी उनले गरेका थिए।

‘जनताले दुई तिहाइ मत दिँदा त ओलीले केही उपलब्धि हासिल गर्न सकेको अवस्था रहेन। यो पार्टी निर्वाचनमा गएर के भनेर अब भोट माग्छ?,’ उनले प्रश्न गरे, ‘दुई तिहाइभन्दा बढी के शतप्रतिशत चाहियो भन्ने? यतिका वर्ष सरकारमा बस्ने जनअपेक्षाअनुसार काम नगर्ने?’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार