विराटनगर, कात्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायलयभित्र देखिएको अहिलेको समस्या आफ्नो दायर भित्र रहेर न्यायलय आफैले सामधान खोज्नुपर्ने बताएका छन ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले भने, न्यायलयभित्रको समस्यामा राजनीतिक हस्तक्षेप गर्दा त्यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्ने भएकाले यसतर्फ जान हँुदैन ।
सो अवसरमा उहाँले पाँचदलीय गठवन्धन आगामी संसदीय निर्वाचनसम्म एकतावद्ध भएर जाने दाबी गर्दै नेपाली काग्रेसका सभापती एंव प्रधानमन्त्रीको शेरवहादुर देउवाको चाहना पनि गठवन्धनलाई एकतावद्ध वनाएर लैजाने नै भएको दाबी गर्दै उनले भने, त्यसैका लागि उच्च्स्तरीय राजनीतिक सयन्त्र गठन गरिएको हो ।
‘राष्ट्रिसभादेखि संसदीय निर्वाचनसम्म हामी एक भएर जान्छौ, अर्लि इलेक्सन अहिले आवश्यक छैन, निर्वाचन निर्धारित मितिमा नै हुन्छ’– अध्यक्ष यादवले थपे ।
उनले भने, संविधान त्रुटिपूर्ण भएकाले अहिलेको समस्या आएको दृष्टान्त प्रस्तुत गर्दै संविधान संशोधनको विकल्प छैन । संविधानमा निर्वाचन प्रणाली, शासकीय स्वरुप तथा समावेशी प्रतिनिधित्व लगायतका विषय त्रुटिपूर्ण रहेकाले त्यस्लाई सच्याउनु आवश्यक छ ।
संविधान सशोधन तथा परिमार्जन गर्न दल सहमत भएपनि त्यसका लागि दुई तिहाइ वहुमत आवश्यक रहेको तर पाँच दलीय गठवन्धनसँग दुई तिहाई नभएकाले त्यसका लागि सवै दलको सहमती आवश्यक रहेको अध्यक्ष यादवले बताए ।
अर्को एक प्रश्नको उत्तरमा उनले एमसीसी पास गर्न राष्ट्रिय सहमति आवश्यक रहेका वताउँदै राष्ट्रिय हित हेरेर सहमती कायम गरेर मात्र पास गर्नुपर्ने धारणा राखे ।
अध्यक्ष यादवले विकासका लागि वाहिर मुलुकवाट अनुदान लिने प्रक्रिया स्वाभाविक भएका उनको भनाई थियो । उनले अनुदान र ऋण लिदा त्यो राष्ट्रिय हितमा छकि छैन त्यस कुरामा ध्यान पु¥याउनु जरुरी रहेको बताए ।
अध्यक्ष यादवले नेपाल वहुजातीय र वहुभाषिक मुलुक भएकाले प्रदेशको नामाङकण गर्दा जातीय र पहिचान झल्कने हुनुपर्ने वताए । जातीय पहिचान र मुलुकका संरचनाका आधारमा प्रदेशका नामाङकण उपयुक्त हुने उनको तर्क छ ।