२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा माओवादी केन्द्र बैठक : 'संशोधन गयो विधान'

शुक्रवार , कार्तिक २६, २०७८

काठमाडौं, कात्तिक । नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ । आज सम्पन्न केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधान अनुसार प्रदेश र पालिकामा सात सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ ।

जसअनुसार पदाधिकारीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष रहनेछ । साविकको विधान अनुसार सो समितिमा पाँच पदाधिकारी रहने व्यवस्था थियो ।

कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा पाँच सदस्यी वडा पदाधिकारी रहने व्यवस्थासमेत गरिएको छ । त्यसैगरी बैठकले सङ्गठित सदस्यता नवीकरणका लागि समय नथप्ने निर्णय गरेका छ ।

अहिले सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ ।

आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार